सिद्धार्थ बैंकले किर्ते हस्ताक्षरलाई आधार मानेर ५० लाख ऋण दिएको खुलासा, धितो प्रक्रियामा नै प्रश्न

२७ बैशाख २०८३, आईतवार १३:४४

काठमाडौँ । सिद्धार्थ बैंकले किर्ते हस्ताक्षरलाई नै आधारमानी लाखौं रुपैयाँ ऋण दिएको खुलासा भएको छ । कागजातको कमजोर प्रमाणीकरण गरी बैंकको तालचोक शाखाले ५० लाख रुपैयाँ ऋण दिएको खुलेको हो ।

पोखरा महानगरपालिका वडा नं. ३० ढुङ्गेपाटन बस्ने ५२ वर्षीय मोहन बहादुर शाहीको नाममा दर्ता रहेको कित्ता नं. २४४४ र २४४७ को जग्गा निजकै श्रीमती ४४ वर्षीया वन्ती शाही र सुर्खेत चौकुने गाउँपालिका घर भई हाल पोखरा–१० बुद्धचोक बस्ने ४४ वर्षीय भद्र थापाले किर्ते गरी ऋण निकालेका हुन् । ऋण प्रक्रियामा जग्गाधनीको सहीछाप किर्ते गरिएको गरिएको हो । साथै नागरिकता, लालपुर्जा, जग्गाधनी प्रमाणपत्र लगायतका कागजात प्रयोग गरेर बैंकबाट कर्जा स्वीकृत गराइएको देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनापछि मोहनबहादुर शाहीले आफूलाई कुनै जानकारी नै नदिई जग्गा धितो राखेर ऋण निकालिएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको टोलीले २०८३ वैशाख २५ गते शाही र थापालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

घटनाले बैंकिङ प्रणालीभित्र कागजात प्रमाणीकरण र धितो मूल्याङ्कन प्रक्रियामा रहेको कमजोरीलाई उजागर गरेको छ । सामान्यतः बैंकहरूले कर्जा प्रवाह गर्दा जग्गाधनीको प्रत्यक्ष सहमति, कागजातको कडाइका साथ प्रमाणीकरण, हस्ताक्षर मिलान र सम्बन्धित व्यक्तिको उपस्थिति अनिवार्य रूपमा जाँच गर्नुपर्ने व्यवस्था हुन्छ । तर यस घटनामा ती आधारभूत प्रक्रिया पर्याप्त रूपमा पालना भएको देखिदैन ।

पछिल्लो समय बैंकको खराब कर्जाको आकार बढी रहेको हुँदा कर्जा नीति बलियो बनाउँदै लगि रहेका छन् । तर, सिद्धार्थ बैंकको कमजोर ब्यवस्थापनको कारणले किर्ते हस्ताक्षरको भरमा लाखौं रकम ऋण दिदा कर्मचारी मार्फत नै सेटिङको आशंका गरीएको छ ।

अपराधिक मानसिकता भएका ब्यक्तिलाई पहिचान गर्न नसक्दा एउटा हस्ताक्षरकै नाममा ऋण दिदा बैंकले विवादमा तानिएको हो । सामान्य नागरिकलाई केवाईसी भेरीफाइका नाममा अनेकौं झन्झट दिने गरेको बैंकले एउटा हस्ताक्षरकै भरमा माटो रकम ऋण दिदा बैंकका कर्मचारी माथि नै सेटिङको प्रश्न उठेको छ । उक्त ठगी घटनामा तेस्रो ब्यक्तिको सहभागिताले बैंकको कर्जा नीतिमा नै प्रश्न उठेको हो । श्रीमतीको नाममा सहजै ऋण प्रदान गर्ने भएपनि तेस्रो ब्यक्तिको पहिचानमा बैंक चुकेको देखिएको हो ।

कागजात मिलान, स्वामित्व प्रमाणिकरण र जोखिम मूल्याङ्कन जस्ता चरणहरूमा कमजोरी भएको देखिएसँगै कर्मचारीको संलग्नता वा लापरबाहीबारे पनि अनुसन्धानको दायरा विस्तार हुन सक्ने देखिन्छ ।

यस सम्बन्धमा हामीले बैंकको तालचोक शाखालाई सम्पर्क गर्न खोज्दा सम्पर्क नै हुन सकेन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*