काठमाडौंमा सवारी प्रदूषणविरुद्ध कडा एक्सन, मापदण्ड नपुग्ने सवारीमाथि धमाधम कारबाही

२७ बैशाख २०८३, आईतवार १४:३५

काठमाडौं । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको प्रदूषण जाँचलाई तीव्रता दिएको छ ।

विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारीसाधनको नियमित रूपमा प्रदूषण परीक्षण गर्दै आएको जनाएको छ ।

महानगरपालिकाका अनुसार उपत्यकाको वायु गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका सवारीसाधनले सरकारले तोकेको प्रदूषण मापदण्ड पालना गरे/नगरेको अनुगमन गर्न अभियान सञ्चालन गरिएको हो ।

प्रदूषण परीक्षणका क्रममा तोकिएको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले तत्काल कानुनअनुसार कारबाही गर्ने गरेको छ । मापदण्डविपरीत सञ्चालन हुने सवारीसाधनका कारण वायु प्रदूषण बढ्दै गएको निष्कर्षसहित जरिवाना तथा अन्य कानुनी प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*