सरकारको नीति तथा कार्यक्रम भोलि सार्वजनिक हुँदै

२७ बैशाख २०८३, आईतवार १७:२०

काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि (सोमबार) सार्वजनिक गर्ने भएको छ। बजेट प्रस्तुत गर्नुअघि ल्याइने यस महत्वपूर्ण दस्तावेजका लागि सरकारले अन्तिम समयमा आएर जनसुझाव संकलन थालेको छ। नीति तथा कार्यक्रम सार्वजनिक हुनुभन्दा मात्र तीन दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छुट्टै डिजिटल पोर्टल सञ्चालनमा ल्याउँदै सुझाव संकलनको प्रक्रिया सुरु गरेको हो।

विगतका वर्षहरूमा बजेट तथा नीति तथा कार्यक्रम निर्माणमा अर्थ मन्त्रालयको प्रमुख भूमिका रहने गरेको भए पनि यस पटक प्रधानमन्त्री कार्यालयले विशेष चासो देखाएको छ। प्रधानमन्त्रीले यसअघि विभिन्न प्रदेशका सांसदहरूसँगको भेटघाटका क्रममा आगामी बजेटका लागि आवश्यक सुझावहरू लिखित रूपमा आफ्नो सचिवालयमा बुझाउन निर्देशन दिएका थिए। सोही सक्रियतालाई निरन्तरता दिँदै आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न डिजिटल पोर्टल सञ्चालनमा ल्याइएको सरकारको दाबी छ।

सरकारका अनुसार नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन प्रणालीलाई थप जनमुखी र पारदर्शी बनाउने उद्देश्य राखिएको छ। प्रशासनिक दायराभन्दा बाहिर निस्किएर विज्ञ तथा सर्वसाधारणको सुझावलाई समेट्ने प्रधानमन्त्रीको योजनाअनुसार यो पहल गरिएको बताइएको छ।

तर नीति तथा कार्यक्रम सार्वजनिक हुनुभन्दा अघिल्लो दिनसम्म मात्र पोर्टल सञ्चालनमा आउनु र सार्वजनिक बिदाका दिनसमेत संकलन प्रक्रिया प्रभावकारी हुन नसक्ने भएकाले यसको प्रभावकारितामाथि प्रश्न उठेको छ। अन्तिम समयमा प्राप्त हुने सुझावहरू नीति तथा कार्यक्रममा कति मात्रामा समेटिन्छन् भन्ने विषयमा पनि अन्यौलता देखिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई भोलि सम्बोधन गर्ने कार्यक्रम रहेको रहेको छ । सो दिन नीति तथा कार्यक्रम आउन लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*