आज मन्त्रिपरिषदको बैठक बस्दै
२८ बैशाख २०८३, सोमबार ११:१०

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान बैठक बस्ने भएको हो।
बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्तावहरूमाथि छलफल गरिने भएको हो ।
आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुदैछ । त्यो भन्दा पूर्व बस्न लागेको मन्त्रिपरिषदको बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।












