शेयर बजारमा हरियाली, नेप्से ३८ अंकले बढ्दा साढे ४ अर्ब बढीको कारोबार

२८ बैशाख २०८३, सोमबार १५:०८

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३८.१९ अंकले बढेर २७८३.८५ को विन्दुमा कायम भएको छ। यस दिन ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नेप्से उच्च अंकले बढेसँगै १३ वटै उपसूचकमा हरियाली छाएको छ। सबैभन्दा बढी ‘अदर इन्डेक्स’ २.११ प्रतिशतले बढेको छ भने फाइनान्स इन्डेक्स १.८१ प्रतिशत र हाइड्रोपावर इन्डेक्स १.७९ प्रतिशतले वृद्धि भएको देखिएको छ।

आज फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य १४.१९ प्रतिशतले, कुमारी धनवृद्धि योजनाको ११.३७ प्रतिशतले, दोल्ती पावरको ८.४३ प्रतिशतले, आत्मनिर्भर लघुवित्तको ६.७८ प्रतिशतले, मेन्छियाम हाइड्रोपावरको ६.६४ प्रतिशतले सर्वाधिक शेयरमूल्य बढेको छ।

शेयर बजार वृद्धिका बाबजूद त्रिशुली जलविद्युतको २.८७ प्रतिशत, एनएमबि ५० को २.६९ प्रतिशत, ८.५% लक्ष्मी बैंक डिबेन्चरको २.६८ प्रतिशत, सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–२ को २.४५ प्रतिशतले सर्वाधिक शेयरमूल्य घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*