यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
२८ बैशाख २०८३, सोमबार १५:२५

काठमाडौं । नेप्से परिसूचक ३८ अंकले बढेर बन्द हुँदा अधिकांश कम्पनीहरूको शेयर मूल्यमा पनि हरियाली छाएको छ। आज फर्स्ट माइक्रोफाइनान्सको १४.१९ प्रतिशत र कुमारी धनवृद्धि योजनाको ११.३७ प्रतिशतले शेयरमूल्य बढेको छ।
डोल्ती पावरको ८.४३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको ६.७८ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ६.६४ प्रतिशत, एसवाई प्यानलको ६.४२ प्रतिशत, सालपा विकास बैंकको ६.०६ प्रतिशत, सान्जेन जलविद्युतको ६.०२ प्रतिशत, सामुदायिक लघुवित्तको ५.८१ प्रतिशत र भूगोल इनर्जीको ५.५६ प्रतिशतले शेयरमूल्य बढेको छ।













