विद्यार्थी संगठन प्रतिबन्ध नगर्न अल्पकालीन अन्तरिम आदेश
२८ बैशाख २०८३, सोमबार १५:५१

काठमाडौं । सर्वाेच्च अदालतले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।
प्रधानमन्त्री बालेन नेतृत्वको वर्तमान सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने निर्णय गरेको थियो। त्यसको विरुद्धमा आठ विद्यार्थी संगठनहरूले संयुक्त रूपमा निर्णय रोक्न माग गर्दै मुद्दा हालेका थिए।
उक्त मुद्दामाथि प्रारम्भिक सुनुवाई गर्दै तत्काल निर्णय कार्यान्वयन गर्न रोक लगाएको हो। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अन्तरिम आदेश निरन्तर हुने वा नहुने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाउने आदेश दिएको छ।












