भूमि बैंकको अवधारणा निरन्तता
२८ बैशाख २०८३, सोमबार १६:४०

काठमाडौं । सरकारले भूमि बैंकको अवधारणालाई निरन्तता दिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
‘बाँझो र उपयोगहीन जमिनको प्रयोग बढाउन भूमि बैंकलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ।












