वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि छुट्टै अनुसन्धान एकाई स्थापना गरिने

२८ बैशाख २०८३, सोमबार १७:१३

काठमाडौं । नेपाल सरकारले साइबर अपराध, वित्तीय अपराध र डिजिटल ठगीलाई नियन्त्रण गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिएका हुन्।

‘साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान एकाई स्थापना गरिनेछ।’ उनले भनेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*