सरकारले विप्रेषण मिलान कोष स्थापना गर्ने
२८ बैशाख २०८३, सोमबार १७:२५

काठमाडौं। सरकारले रेमिट्यान्स ९विप्रेषण० लाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न विप्रेषण मिलान कोष स्थापना गर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत यस्तो घोषणा गरेको हो ।
सरकारले वैदेशिक रोजगारीमा जानेका लागि छुट्टै लेन र सेवा उपलब्ध गराउने राष्ट्रपति रामचन्द्र पौडेलले बताए । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रिपति पौडेलले श्रम कूटनीति मार्फत उच्च पारिश्रमिक दिने गन्तव्यतर्फ विविधीकरण गरिने बताए ।
त्यसैगरी रेमिट्यान्सलाई उपभोगबाट उत्पादनशील क्षेत्रतर्फको लगानीमा रूपान्तरण विप्रेषण मिलान कोष स्थापना घोषणा सरकारले गरेको हो ।












