दलीय गतिविधिमा लाग्ने सरकारी कर्मचारीलाई बर्खास्त गरिने

२८ बैशाख २०८३, सोमबार १७:२५

काठमाडौं । निजामती तथा अन्य सरकारी कर्मचारी राजनीतिक दल तथा राजनीतिक गतिविधिमा लागेमा सेवाबाटै बर्खास्त गरिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यवसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्द्धन गरी सेवा प्रवाहलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी, स्वार्थको द्वन्द्व नियन्त्रण सम्बन्धी व्यवस्था गरिएको उनले बताएका छन्।

साथै सूचकमा आधारित कार्यसम्पादन मूल्यांकन प्रणाली, कुलिङ अफ पिरियडको व्यवस्था र राजनीतिक दल तथा राजनीतिक गतिवविधमा संलग्न भएमा भविष्यका लागि समेत सरकारी सेवामा अयोग्य ठहरिने गरी सेवाबाटै बर्खास्त गर्ने व्यवस्था गरिने पौडेलले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*