प्रधानमन्त्री बालेनले खारेज गरेको कर्मचारी युनियन सर्वोच्चबाट ब्यूतियो

२८ बैशाख २०८३, सोमबार १८:२८

काठमाडौं । अन्तर्राष्ट्रिय कानुन र संविधान विपरित प्रधानमन्त्री बालेन शाहले खारेज गरेको कर्मचारी ट्रेड युनियनलाई सर्वोच्च अदालतले आज ब्यूताईदिएको छ ।

सर्वोच्च अदालतमा आज भएको बहसपछि सरकारको नाममा अल्पकालिन अन्तरिम आदेश जारी भएको छ । जस अनुसार कर्मचारी युनियन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई रोक लगाइएको छ ।

अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधान २०७२ विपरित हुने गरी प्रधानमन्त्री बालेन्द्र शाहले कर्मचारी युनियन खारेज गर्ने निर्णय लिएका थिए ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*