सुनचाँदीको मूल्यमा उच्च वृद्धि, आज प्रतितोला कति?
२९ बैशाख २०८३, मंगलवार १०:५७

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार ४०० रुपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला ३५५ रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला ५ हजार ६९५ रुपैयाँ तोकिएको छ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।












