आर्थिक पत्रकारीताको क्षेत्रमा बीमापोष्टले विशिष्ट स्थान ओगट्न सफल भएको छ: फत्तबहादुर केसी

३१ बैशाख २०८३, बिहीबार १४:२२

नेपालको आर्थिक पत्रकारीताको क्षेत्रमा बीमापोष्टले विशिष्ट स्थान ओगट्न सफल भएको छ। विगत केही वर्षदेखि विभिन्न सेक्टरलाई कभर गरेर सूचना, खोज गर्ने सञ्चारमाध्यमको अत्यन्त आवश्यक थियो। त्यसमा बीमा क्षेत्र आफैं पनि अपेक्षाकृत र तुलनात्मक रूपमा यो प्राविधिक विषय पनि हो।

त्यसथर्, सबैको सजिलै कलम चलाउन अलिक निरस किसिमको विधा भएकाले पनि यसले शरूमा माहोल सिर्जना गर्न नसकेको अनुभव मलाई थियो। र विगत केही वर्षदेखि बीमापोष्ट लगायत अरु पनि बीमा सम्बन्धी लेख्ने मिडियाहरूको उपस्थिति रह्यो।

यसले बीमा क्षेत्रको बारेमा बीमा बारेमा सचेतना जगाउने भूमिका त आफ्नो छँदैछ। त्यसका साथसाथै यसलाई एउटा विधि प्रक्रिया र मर्यादामा रहन, सचेत गराउन त्यसको साथै आगामी कार्यदिशा तय गर्नका लागि समेत यसमा समावेश हुने सामग्रीहरू सबै बीमाका सरोकारवालाहरूका लागि उपयोगी भइरहेको छ र अझै पनि हुँदै जान्छ भन्ने मलाई विश्वास लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*