यूनाइटेड अजोडको हकप्रद शेयर आजदेखि बन्द हुँदै

३१ बैशाख २०८३, बिहीबार ०८:४८

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत चैत २६ गतेदेखि निष्काशन गरिरहेको हकप्रद शेयर आज वैशाख ३१ गते बेलुकी बैंकिङ्ग समयपश्चात बन्द हुँदैछ।

कम्पनीले फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूका लागि १० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ।

यसमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरिरहेको छ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ छ भने हकप्रद शेयर बाँडफाँडपछि चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*