बीमालाई फराकिलो बनाउन बीमापोष्टको भूमिका महत्त्वपूर्णः बीमा सर्भेयर संघ

३१ बैशाख २०८३, बिहीबार १३:३५

काठमाडौं । बीमा सर्भेयर संघ नेपालले बीमापोष्ट डटकमको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश दिंदै बीमा क्षेत्रको दायरालाई फराकिलो बनाउन अहम् भूमिका निर्वाह गरेको बताएको छ। संघका अध्यक्ष ऋषि कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्दै बीमालाई सीमित घेराबाट निकालेर ग्रामीण बस्तीसम्म पुर्याउन सञ्चार माध्यमको भूमिका अपरिहार्य हुने उल्लेख गर्नु भएको छ ।

बीमा सर्भेयर संघ नेपालले दिएको शुभकामना सन्देशः

शुभ–कामना
राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा सञ्चालित बीमापोष्ट डटकम (beemapost.com) अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको छैठौं वर्षमा प्रवेश गरेको पुनित उपलक्ष्यमा सम्पादक, कर्मचारी वर्ग तथा यस सञ्चार माध्यम मार्फत सूचना तथा समाचार प्राप्त गर्नुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बीमा क्षेत्रलाई आधार बनाएर सञ्चालित बीमापोष्ट डटकमको योगदान सराहनीय रहेको छ । बीमाको बजारलाई थप ऊर्जा दिन र बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई साथ दिएकोमा वीमापोष्ट डट धन्यवादको पात्र बनेको छ । बीमा क्षेत्रलाई सीमित घेराबाट बाहिर निकालेर आम जनताको घरदैलो र गरीब र न्यून आय भएका जनताको गाउँबस्तीसम्म पुयाउन सञ्चार माध्यमहरूको भूमिका अपरिहार्य छ ।

बीमा क्षेत्रलाई देशको मूल अर्थतन्त्र, बैंक वित्त, पूँजीवजार र कर्पोरेट सेक्टरलाई समेत समाहित गर्दै बीमाको बजारलाई फराकिलो पार्ने कार्यमा यस सञ्चार माध्यमले भूमिका खेल्दै आएको र आगामी दिनहरूमा थप ऊर्जाका साथ सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हौसला मिल्नेछ भन्ने विश्वास लिएको छ । आगामी दिनमा समेत यस सञ्चार माध्यमहरूले ग्राहक तथा बीमा कम्पनीहरू दुवैको हित प्रवद्र्धनमा थप टेवा पुर्याउनुका साथै बीमा क्षेत्रमा घट्न सक्ने विकृति, विसंगती तथा बेथितिहरूका विरुद्धमा खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको छु ।

अन्त्यमा बीमापोष्टले मनाउन लागेको छैठौं वार्षिकोत्सवको पावन अवसरमा जीवन बीमा सर्भेयर संघ नेपालको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
ई. ऋषि कोइराला
(अध्यक्ष)
बीमा सर्भेयर संघ, (नेपाल)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*