बीमा क्षेत्रका विकृति, विसंगती र बेथितिको विरुद्धमा बीमापोष्टको भूमिका सशक्तः जीवन बीमक संघ

३१ बैशाख २०८३, बिहीबार १३:४१

काठमाडौं । जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका विकृति, विसंगती र बेथितिको विरुद्धमा खबरदारी गर्न बीमापोष्टले सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। संघका अध्यक्ष प्रविण रमण पराजुलीले शुभकामना मन्तव्य दिंदै बीमाको बजारलाई थप ऊर्जा दिन र बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई साथ दिएकोमा बीमापोष्ट धन्यवादको पात्र भएको बताउनु भएको छ।

जीवन बीमक संघ नेपालले दिएको शुभकामना

शुभ–कामना

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. द्वारा सञ्चालित बीमापोष्ट डट कम (beemapost.com) अनलाईन सञ्चार माध्यम आफ्नो स्थापनाको छैठौं वर्षमा प्रवेश गरेको पुनित उपलक्ष्यमा सम्पादक, कर्मचारी वर्ग तथा यस सञ्चार माध्यम मार्फत सूचना तथा समाचार प्राप्त गर्नुहुने सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बीमा क्षेत्रलाई आधार बनाएर सञ्चालित बीमापोष्ट डट कमको योगदान सहानीय रहेको छ । बीमाको बजारलाई थप ऊर्जा दिन र बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, वीमक, बीमितलाई साथ दिएकोमा बीमापोष्ट डट कम धन्यवादको पात्र बनेको छ । बीमा क्षेत्रलाई सीमित घेराबाट बाहिर निकाली आम जनताको घरदैलो तथा गरीब / न्यून आय भएका जनताको गाउँबस्तीसम्म पुयाउन सञ्चार माध्यमहरूको भूमिका अपरिहार्य रहेको छ ।

बीमा क्षेत्रलाई देशको मूल अर्थतन्त्र, बैंक वित्त, पूँजीबजारमा समाहित गर्दै यसको दायरालाई फराकिलो पार्ने कार्यमा यस सञ्चार माध्यमले भूमिका खेल्दै आएको र आगामी दिनहरूमा थप ऊर्जाका साथ सत्य तथ्य समाचार सम्प्रेषण गर्ने हौसला मिल्नेछ भन्ने विश्वास लिएको छु । आगामी दिनमा समेत यस सञ्चार माध्यमले ग्राहक तथा बीमा कम्पनीहरू दुवैको हित प्रवद्र्धनमा थप टेवा पुर्याउनुका साथै बीमा क्षेत्रका विकृति, विसंगती तथा बेथितिहरूका विरुद्धमा खबरदारी गर्न सशक्त र सक्रिय भूमिका खेल्ने विश्वास लिएको छु ।

अन्त्यमा बीमापोष्टले मनाउन लागेको छैठौं वार्षिकोत्सवको पावन अवसरमा जीवन बीमक संघ नेपालको तर्फबाट हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।

(प्रविण रमण पराजुली)
अध्यक्ष,
जीवन बीमक संघ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*