बीमा, पूँजी बजार र आर्थिक क्षेत्रको सूचना आम नागरिकसम्म पुर्याउँदै आएको योगदान प्रशंसनीयः नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बीमापोष्टको छैठौं वार्षिकोत्सवको अवसरमा शुभकामना दिंदै बीमा पूँजी बजार र आर्थिक क्षेत्रको सूचना आम नागरिकसम्म पुर्याउँदै वित्तीय तथा आर्थिक साक्षरतामा पुर्याएको योगदान प्रसंशनीय रहेको बताएको छ। नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईंले शुभकामना मन्तव्य दिंदै आगामी दिनहरूमा पनि निष्पक्ष, विश्वसनीय र जनमुखी पत्रकारिता गर्ने विश्साव समेत व्यक्त गर्नुभएको छ।
नेपाल स्टक एक्सचेन्जले दिएको शुभकामना सन्देशः
विषयः शुभकामना
बिमा तथा आर्थिक क्षेत्रसँग सम्बन्धित समाचार, सूचना तथा विश्लेषणमार्फत वित्तीय साक्षरता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुयाउँदै आएको बिमापोस्ट डट कमले सफलतापूर्वक पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा Nepal Stock Exchange परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।
विगत पाँच वर्षदेखि बिमा, पूँजी बजार तथा समग्र आर्थिक क्षेत्रका सूचना र विश्लेषणलाई आम नागरिकसम्म विश्वसनीय ढंगले पुरÞ्याउँदै वित्तीय तथा आर्थिक साक्षरतामा पुयाएको योगदान प्रशंसनीय रहेको छ। आगामी दिनहरूमा पनि निष्पक्ष, विश्वसनीय र जनमुखी पत्रकारितामार्फत आर्थिक तथा वित्तीय चेतना अभिवृद्धिमा अझ प्रभावकारी भूमिका निर्वाह गर्दै निरन्तर सफलता हासिल गर्नुहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौँ ।
यहाँहरूको संस्थागत प्रगति, सफलताको निरन्तरता तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
सधन्यवाद ।
चूडामणि चापागाईं
प्रमुख कार्यकारी अधिकृत (CEO)
Nepal Stock Exchange












