नेशनल लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट

३१ बैशाख २०८३, बिहीबार १४:४७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण गराउँदा लाग्ने विलम्ब शुल्कमा भारी छुटको घोषणा गरेको छ।

समयमै बीमाशुल्क भुक्तानी भएका कारण व्यतित भएका बीमालेखहरू जेठ १ गतेदेखि जेठ १५ गतेसम्म तोकिएको प्रक्रिया पूरा गरी नवीकरण गराएमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट दिइने घोषणा गरेको हो।

२०७५ चैत १ गतेसम्म व्यतित भइसकेका बीमालेखहरूमा ५० प्रतिशत, २०७५ चैत २ गतेदेखि २०७८ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरूमा ६० प्रतिशत, २०७८ चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरूमा ७५ प्रतिशत र २०८१ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरूमा १०० प्रतिशत छुट दिने भएको छ।

नवीकरण गरेको मितिले २ वर्षभित्र अवधि समाप्त हुने बीमालेखहरूकाो हकमा विलम्ब शुल्क छुटको सुविधा नपाउने, एक पटक छुट पाइसकेकोले बीमा अवधिभर अर्काे छुट नपाउने, छुट सुविधाबाट नवीकरण भएका बीमालेख १ वर्षभित्र सरेण्डर भएमा छुट शुल्क काटिने कम्पनीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*