नीति तथा कार्यक्रमपछि बढ्न सकेन शेयर बजार, आज पनि राताम्मे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेयता नेप्से लगातार घटिरहेको छ। लगानीकर्ताले आशा गरे बमोजिम नीति तथा कार्यक्रम नआएपछि लगानीकर्ता हतोत्साहित बन्दा बजार घट्न पुगेको हो।
आज नेप्से परिसूचक १०.०७ प्रतिशतले घटेर १७३०.१७ को विन्दुमा कायम भएको छ। यस दिन ३ अर्ब २८ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
आज ३ वटा उपसूचक वृद्धि भएको छ भने बाँकी १० वटै उपसूचक राताम्मे बनेको छ। ट्रेडिङ्ग इन्डेक्स, म्युचुअल फण्ड र जीवन बीमा उपसूचक सामान्य बढ्दा बाँकी सबै उपसूचक राताम्मे बनेका हुन्।
आज सबैभन्दा बढी एशियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज कम्पनीको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ। दोस्रोमा हिमालयन रिको ७.१२ प्रतिशतले शेयरमूल्यमा गिरावट आएको छ।
नारायणी विकास बैंकको ५.९१ प्रतिशत, रिज लाइन इनर्जीको ४.७४ प्रतिशत, भुजुङ हाइड्रोपावरको ४.३४ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको ३.८२ प्रतिशतले शेयरमूल्यमा गिरावट आएको छ।












