महिला लघुवित्तको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?

१ जेष्ठ २०८३, शुक्रबार ०७:३२

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहको ८४ हजार ५३७ कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीका संस्थापक शेयरधनी निरू कुथुमी राई र इन्दिरा गिरीको नाममा रहेको शेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागिएको हो।

निरू कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता गरी कुल ८४ हजार ५३७ कित्ता संस्थापक शेयर बिक्री गर्न लागिएको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ। इच्छुक जोकोही व्यक्ति तथा सङ्गठित संस्थाले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिन सक्नेछन्।

शिलबन्दी बोलपत्र आज जेठ १ गतेदेखि पेश गर्न सकिन्छ भने आवेदन दिने अन्तिम समय जेठ ८ गते अपराह्न ३ बजेसम्म तोकिएको छ। आवेदन बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी काठमाडौंमा बुझाउनु पर्नेछ।

बोलपत्र आवेदन फाराम २०० रुपैयाँ तिरेर नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। संस्थापक शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। त्यसभन्दा बढी शेयर खरिद गर्न चाहनेले १० को गुणनमा वा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*