कालीमाटीमा तरकारीः गालभेंडा ७८, काउली ६० रुपैयाँ किलो

१ जेष्ठ २०८३, शुक्रबार ०८:०९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ १ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ७८ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र स्थानीय काउली ६० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको हो।

त्यसैगरी आज लाम्चो भन्टा ६५ रुपैयाँ र डल्लो भन्टा ७० रुपैयाँ, लोकल घिउ सिमी १२० रुपैयाँ, तीते करेला ८० रुपैयाँ, लौका ५० रुपैयाँ, लोकल परवर ७० रुपैयाँ, घिरौला ७५ रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, पाकेको र डल्ले हरियो फर्सी ६० रुपैयाँ, भिण्डी ६० रुपैयाँ, इस्कुस ५५ रुपैयाँ, रायो साग ९० रुपैयाँ र कन्य च्याउ १८० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*