सहकारीका सम्पर्कविहीन ऋणी सदस्यको विवरण माग्दै काठमाडौं महानगर

१ जेष्ठ २०८३, शुक्रबार १०:१६

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने तथा सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण उपलब्ध गराउन सहकारी संस्थाहरूलाई आग्रह गरेको छ । महानगरपालिकाले प्रचलित सहकारी ऐन तथा नियमावलीअनुसार ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन विभागले एसएमएस तथा पत्राचारमार्फत सहजीकरण गरिरहेको जनाएको छ ।

महानगरपालिका क्षेत्राधिकारभित्र रहेका इच्छुक सहकारी संस्थाहरूले ऋण असुली सहजीकरणका लागि आवश्यक विवरण तथा कागजात विभागमा पेश गर्नुपर्ने जनाइएको छ । विभागका अनुसार सहकारी संस्थाले ऋण असुलीसम्बन्धी सञ्चालक समितिको निर्णयको प्रतिलिपि, ऋणी सदस्यको पूरा नाम, नागरिकताको प्रतिलिपि, ऋणको साँवा तथा ब्याज विवरण, तमसुकको प्रतिलिपि, सदस्यता नम्बर र मोबाइल नम्बर उपलब्ध गराउनुपर्नेछ ।

यसका साथै ऋणी सदस्यसम्बन्धी विवरण एक्सेल शिटको सफ्ट कपीमा समेत पेश गर्न विभागले अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*