सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
१ जेष्ठ २०८३, शुक्रबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
यता, चाँदी तोलामा ३५५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार ३९० रुपैयाँमा किनबेच भइरहेको हो ।












