जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमास कस्तो देखियो?(सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेको छ । कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा अध्किांश कम्पनीहरूले नाफा वृद्धि कायम राखे पनि ठूलो हिस्सा ओगट्ने केही कम्पनीको आम्दानी घट्दा समग्र क्षेत्रको नाफा नै संकुचित भएको छ।
जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समग्र जीवन बीमा उद्योगको कुल नाफा घटेको हो। १४ जीवन बीमा कम्पनीहरूको संयुक्त नाफा समीक्षा अवधिमा ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा यस्तो नाफा ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ रहेको थियो।

यस आधारमा जीवन बीमा क्षेत्रको समग्र नाफा ५.५५ प्रतिशतले घटेको देखिन्छ।
चुक्ता पुँजीको आधारमा हेर्ने हो भने नेपाल लाइफ र हिमालयन लाइफ अग्रस्थानमा रहेको छ। रिर्टेनिङ्ग अनिङ्गको आधारमा हेर्ने हो भने एलआईसी नेपाल र मेट लाइफ अगाडि रहेको छ ।
त्यस्तै, व्यवसायको आधारमा हेर्ने हो भने नेपाल लाइफ अग्रस्थानमा रहेको छ। कम्पनीले तेस्रो त्रैमाससुम्ममा ३६ अर्ब ७० करोडको खुद बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
जीवन बीमा कोषको आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीको २ खर्ब ६५ अर्ब रुपैयाँ बीमा कोषमा रकम संचिति रहेको छ ।
एलआइसी नेपालको १ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ भने नेशनल लाइफको १ खर्ब रुपैयाँ रकम संचिति रहेको छ।
त्यस्तै, मुनाफाको आधारमा हेर्ने हो भने रिलायबल नेपाल लाइफ रहेको छ। कम्पनीको मुनाफा यस अवधिसम्मा ४७ करोड माथि रहेको छ।
इपीएसको आधारमा पनि रिलायबल नेपाल नै बलियो देखिएको छ । कम्पनीको इपीएस यस अवधिसम्ममा १२ रुपैयाँ ०७ पैसा रहेको छ।












