बीमाको पहुँच विस्तार गर्न प्राधिकरण नियामकिय रुपमा बलियो हुन आवश्यक छः अर्थमन्त्री

१ जेष्ठ २०८३, शुक्रबार १४:१३

काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई ५८औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री डा.स्वर्णिम वागलेले बीमाको पहुँच विस्तार गर्न प्राधिकरण नियामकिय रुपमा बलियो हुन सुझाव दिएका छन् ।

बीमा प्राकृतिक तथा मानव सिर्जित जोखिम व्यवस्थापन गर्दै आर्थिक सुरक्षा प्रदान गर्ने सशक्त वित्तीय औजार हो । बीमाको पहुँच विस्तारका लागि आम नागरिकमा सचेतना जगाउँदै यस सेवालाई सहज र सर्वसुलभ बनाउनु पर्नेमा ध्यान दिनुपर्ने अर्थमन्त्रीको सुझाव रहेको छ ।

करिब आधा जनसङ्ख्या मात्र बीमाको दायरामा रहेको परिप्रेक्ष्यमा यसको विस्तारलाई ग्रामीण र न्यून आय भएका वर्गसम्म पुराउन प्राधिकरणको थप सक्रियता आवश्यक छ । यसका लागि बीमा गर्नेदेखि, दाबी भुक्तानी गर्नेसम्मका सबै प्रक्रिया डिजिटल प्रणालीमार्फत सरल रूपमा हुने सुनिश्चित गरी यसलाई अपरिहार्य रहेको अर्थमन्त्रीले बताएका छन् ।

बीमा क्षेत्रको नियामकका रूपमा प्राधिकरणले बीमा व्यवसायलाई प्रतिस्पर्धी र विश्वसनीय बनाउँदै बीमितको हित संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र सरकारको बीमा सम्बन्धी सल्लाहकार समेत रहेको प्राधिकरणबाट यस क्षेत्रको नीतिगत तथा कानुनी सुधारका सुझाव प्राप्त हुनेमा विश्वस्त रहेको बताएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*