आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

४ जेष्ठ २०८३, सोमबार ०८:४८

काठमाडौं । आज जेठ ४ गते सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेदेखि सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा बस्नेछ।

बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

त्यसैगरी आर्थिक वर्ष २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल प्रारम्भ गरिने सम्भावित कार्यसूची रहेको प्रतिनिधि सभाका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*