डोटीका स्थानीय तहको १५ करोड बेरुजुः पूर्वीचौकी र सायलको उच्च, कुन पालिकाको कति ?

५ जेष्ठ २०८३, मंगलवार १५:५६

काठमाडौँ । डोटी जिल्लाका स्थानीय तहमा आर्थिक वर्ष २०८१।८२ मा १५ करोड ७ लाख २७ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार डोटीका ९ वटा स्थानीय तहमा गरी उक्त बेरुजु देखिएको हो ।

महालेखा कार्यालयको प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु पूर्वीचौकी गाउँपालिकामा देखिएको छ । १ अर्ब १३ करोड ६४ लाख ५४ हजार रुपैयाँको लेखापरीक्षण हुँदा ३ करोड ४७ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

त्यसैगरी, सायल गाउँपालिका धेरै बेरुजु हुने पालिकाको दोस्रो नम्बमा रहेको छ । सायलको ८६ करोड १७ लाख ५० हजार रुपैयाँ लेखापरीक्षण हुँदा ३ करोड २४ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको छ । जोरायल गाउँपालिकामा १ अर्ब २१ करोड ९ लाख ४४ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड ३८ लाख ५२ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

शिखर नगरपालिका सर्वाधिक बेरुजु हुने चौथो नम्बरमा रहेको छ । शिखरमा १ अर्ब ७० करोड ७४ लाख रुपैयाँ लेखापरीक्षण हुँदा १ करोड ६६ लाख ५७ हजार रुपैयाँ बेरुजु देखिएको छ । आर्दश गाउँपालिकाको लेखापरीक्षण रकम १ अर्ब २६ करोड ८७ लाखमा १ करोड ४३ लाख ५ हजार रुपैयाँ र केआईसिंह गाउँपालिकाको १ अर्ब ९ करोड ३१ लाख रुपैयाँ लेखापरीक्षणमा १ करोड २३ लाख ७ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

त्यस्तै, बडिकेदार गाउँपालिकाको ९५ करोड ४६ लाख लेखापरीक्षणहुँदा ७२ लाख ३६ हजार बेरुजु रहेको छ भने दिपायल सिलगढी नगरपालिकाको १ अर्ब ६३ करोड ३६ लाख लेखापरीक्षण हुँदा ५४ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको हो ।

सबैभन्दा कम बेरुजु बोगटान फुड्सिल गाउँपालिकामा देखिएको छ । ९४ करोड ९० लाख रुपैयाँको लेखापरीक्षणमा ३७ लाख ७ हजार रुपैयाँ मात्रै बेरुजु देखिएको छ ।

रकमः रु हजारमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*