प्रधानन्यायाधीशमा शर्मा अनुमोदित, आजै शपथ र पदवहालीको तयारी

५ जेष्ठ २०८३, मंगलवार १७:०७

काठमाडौं । संघीय संसदको सुनुवाइको क्रममा समितिका सांसदहरूले सोधेको प्रश्नको उत्तर दिएपछि प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ।

संवैधानिक परिषदले वरिष्ठ तीनजना न्यायाधीशलाई छाडेर चौथो वरीयतामा रहेका शर्माको नाम सिफारिस गरेको थियो। रास्वपाका साथै कांग्रेस, एमाले र नेकपामा सदस्यहरू पनि रहेको सुनुवाई समितिको सर्वसम्मतिले उनलाई अनुमोदन गरेको हो।

अनुमोदन भएको जानकारी राष्ट्रपति कार्यालयलाई आजै दिइने र आजै शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरी राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी गरिएको छ। शपथ ग्रहण भएलगत्तै सम्भवतः आजै सर्वाेच्च अदालतमा उनको पदवहाली हुने तयारी पनि गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*