टक्सार पिखुवा खोलाको आईपीओ बाँडफाँड, २५ लाख आवेदकको हात रित्तो

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बुधबार आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर २९ लाख ४८ हजार ९६६ जनाको आवेदन परेकोमा २७ लाख ७१ हजार २५२ जनाको मात्रै आवेदन स्वीकृत भएको छ। मागभन्दा बढी मात्रामा आवेदन परेकाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको हो।
कम्पनीको आईपीओ २ लाख ५१ हजार ५४५ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन्। सोमध्येका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर पाएका छन् भने बाँकी २५ लाखभन्दा बढी आवेदकको हात रित्तिएको छ।












