रसुवामा १,२२५ थान भेपसहित ८ जना पक्राउ, करिब ३६ लाखको सामान बरामद

७ जेष्ठ २०८३, बिहीबार १३:२३

काठमाडौँ ।  रसुवा प्रहरीले एक हजार २२५ थान भेप (विद्युतीय चुरोट) सहित दुई जनालाई पक्राउ गरेको छ ।

गएराति करिब १ बजेर ३० मिनेटको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गोसाईंकुण्ड गाउँपालिका–२, दालफेदीस्थित मम्माया तामाङको घरमा गरिएको चेकजाँचका क्रममा घरको कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र ६ वटा कार्टुनमा १ हजार २२५ थान भेप फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको भेपको मूल्य करिब ३६ लाख ७६ हजार रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ ।

प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा रसुवाका मम्माया तामाङ, राजकुमार तामाङ र छोमाया तामाङसहित धादिङका केशबहादुर गुरुङ, सहिन गुरुङ, बाजुराका सागर खत्री, नुवाकोट तादीका सुवास तामाङ र खलढुंगा भदौरेका नेत्रबहादुर थापामगरलाई पक्राउ गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*