रिलायबल समृद्धि योजना–२ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

८ जेष्ठ २०८३, शुक्रबार ०७:१८

काठमाडौं । रिलायबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘रिलायबल समृद्धि योजना–२’ मा मागभन्दा अधिक मात्रामा आवेदन परेपछि आजबाट इकाई बिक्री बन्द गरिने भएको छ।

कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेड रहेको यस योजनाको इकाईमा मागभन्दा धेरै आवेदन परेपछि आज बिहीबार बैंकिङ समयपछि सार्वजनिक निष्काशन बन्द गर्न लागिएको हो।

यो योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरका कुल १० करोड इकाई निष्काशनमा ल्याइएको छ। कुल इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई बीज पूँजीका रूपमा सुरक्षित गरिएको छ। त्यसमध्ये १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका लागि तथा १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट लिमिटेडका लागि छुट्याइएको छ।

बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि वैशाख २९ गतेदेखि बिक्री खुला गरिएको थियो। बिक्री खुला अवधिमै लगानीकर्ताबाट अत्यधिक आवेदन परेपछि आज जेठ ८ गतेदेखि आवेदन लिने प्रक्रिया बन्द गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*