जेठ १४ गते देशभर सार्वजनिक बिदा

८ जेष्ठ २०८३, शुक्रबार १२:००

काठमाडौँ । सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा) को अवसरमा सार्वजनिक बिदा निर्णय गरेको छ ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबारका दिन बिदा रहेको जानकारी दिएका हुन्।

बिदाबारे सरकारले गत फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो। त्यसअनुसार मुस्लिम आयोगले जेठ १४ गते बिदा ईद परेको जानकारी गराएसँगै बिदा दिइएको हो।

बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*