एसईईको कपी जाँचमा लापरवाही, विद्यार्थीहरु आक्रोसित, ३३ हजारले दिए पुनर्योगको निवेदन

१० जेष्ठ २०८३, आईतवार ०६:४८

काठमाडौं । हतारमा गरिएको काम लतार भने झै एसईईको कपी जाँचमा गम्भिर लापरवाही गरिएको आशंका गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा चित्त नबुझेका ३३ हजार विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएसँगै यस्तो आशंका गरिएको हो ।

एक महिनामा नतिजा निकाल्ने भनेर हतार गर्दा केयौं विद्यार्थीहरुको भविष्य अप्ठेरोमा परेको देखिएको छ । जति आउनुपर्ने थियो, त्यति नआएको र पास मात्रै भएकाहरु धेरैले पुनर्योगको आवेदन दिएको पाइएको छ।

नतिजामा चित्त नबुझेका ३३ हजार ८५१ विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कार्यालयले पष्टी गरेको छ ।

विद्यार्थीले दिएको निवेदनका आधारमा उनीहरूको उत्तरपुस्तिक खोज्न सुरु गरिएको समेत कार्यालयले जानाकारी दिएको छ । पुनर्योगको नतिजा प्रकाशन हुन केही समय लाग्ने जनाइएको छ। उत्तरपुस्तिका हेर्न समेत पाउने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २८ गते एसईईको नतिजा सार्वजनिक गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*