मापसेदेखि रातोबत्तीसम्म ट्राफिकको कडा एक्सन, २४ घण्टामै १८ सयभन्दा बढी चालक कारबाहीमा

१० जेष्ठ २०८३, आईतवार १०:२६

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकविरुद्ध ट्राफिक प्रहरीले कडाइ बढाएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष जाँच अभियानका क्रममा एक हजार ८४१ जना सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीबाट चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बिहानसम्म सञ्चालन गरिएको जाँचमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १०७ जना चालक पक्राउ परेका छन् । त्यसैगरी राइड सेयरिङसम्बन्धी नियम उल्लङ्घन गर्ने १९२, रातोबत्ती उल्लङ्घन गर्ने १८३, तीव्र गतिमा सवारी चलाउने १२६, लेन मिच्ने ४१, फुटपाथ प्रयोग गर्ने ७५, हर्न निषेध उल्लङ्घन गर्ने १४९, एकतर्फी सडकमा सवारी चलाउने ७७ र अन्य विभिन्न कसुरमा ८९१ जना चालकलाई कारबाही गरिएको हो ।

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको स्मरण गराउँदै चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको आशङ्का लागेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ । यस्तै, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ तथा प्रहरीको हटलाइन नम्बर १०० मा समेत खबर गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*