लगनखेल बसपार्कबाट नक्कली नोटसहित युवक पक्राउ, सबै नोटमा एउटै नम्बर

१० जेष्ठ २०८३, आईतवार १६:३४

काठमाडौँ ।  ललितपुरको लगनखेलबाट प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–१५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ कलंकी बस्दै आएका १९ वर्षीय सुरज राई रहेका छन् ।

ललितपुर महानगरपालिका–१२ स्थित लगनखेल बसपार्क नजिक नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार राईको साथबाट ५ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली नोट बरामद गरिएको छ । बरामद गरिएका सबै नोटमा ‘ज/१३ ६८६४२७’ एउटै नम्बर उल्लेख रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले नक्कली नोट कारोबारमा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*