२ लाख ८७ हजारले पाउने कालंगा हाइड्रोको आईपीओ कहिले हुन्छ बाँडफाँड ?
२२ जेष्ठ २०८३, शुक्रबार १३:१२

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओमा अर्का साता मात्रै बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन जेठ १३ गते नै सकिएको भएपनि बाँडफाँडमा ढिलाइ भएको हो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड आईपीओ अर्का साता बाँडफाँड गर्ने गरी तयारी भइरहेको जनाएको छ । यसअवधिमा धेरै लामो सार्वजनिक बिदा परेको हुँदा बाँडफाँडमा ढिलाई भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको थियो । आईपीओमा २ लाख ८७ हजार जनाले १०।१० कित्ताका दरले शेयर हात पार्नेछन् ।












