आइजीआई प्रुडेन्सियल र पुलिस फुटबल क्लबबीच खेलकुद विकास र बीमा सहकार्य सम्बन्धी सम्झौता

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि एवं संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले हस्ताक्षर गरे । यस सम्झौता पश्चात नेपाल पुलिस अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतष्ठिानसँग आवद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरू लगायत नेपाल पुलिसलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका विभिन्न बीमा योजनामा आवद्ध गरी सेवा प्रदान गरिनेछ । यस सहकार्य अन्तर्गत आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोग प्रदान गर्नेछ । उक्त सहयोगले क्लबको खेलकुद गतिविधि, खेलाडी विकास तथा संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपालको ऐतिहासिक र गौरवशाली क्लब–नेपाल पुलिस क्लबसँग सहकार्य गरी खेलाडीहरुको मनोबल उच्च राख्दै खेलकुद क्षेत्रको विकास र विस्तारमा सहभागी हुन पाएकोमा गौरवान्वित महसुस भएको जानकारी गराए । उक्त कार्यक्रममा श्रेष्ठले दुवै संस्था बिचको सहकार्य निरन्तर रहि रहने प्रतिवद्धता व्यक्त गर्दै खेलकुद त्यसमा पनि फुटबल आफ्नो व्यक्तिगत रुपमा पनि रुचीको विषय भएको र नेपाल पुलिस जस्तो गरिमामय संस्थासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।
सोही कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले खेल्कुदको विकास र विस्तारको लागि खेलाडीहरुको विकासमा सहयोग गरेकोमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, प्रमुख कार्यकारी अधिकृत लगायत सम्पूर्ण आइजीआई प्रुडेन्सियल परिवार प्रति कृतज्ञता व्यक्त गर्दै यस सहकार्यले खेलाडीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै क्लबको दीर्घकालीन विकास यात्रामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल पुलिस फुटबल क्लबसँगको यो सम्झौताबाट दुवै पक्ष बिच लामो सहयात्रा रहनेछ भनि शुभकामना व्यक्त गरे ।












