प्रधानमन्त्रीले आफ्नो भनाई आफैं सच्याउनुपर्छः हर्क साम्पाङ

२५ जेष्ठ २०८३, सोमबार १३:२०

काठमाडौं । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी विवादित भनाई प्रधानमन्त्री आफैंले संसदमा आएर सच्याउनुपर्ने बताएका छन्।

आजको संसद बैठकमा बोल्दै उनले देशको सीमानाको विषय प्रधान विषय भएकाले यसको विषयान्तर स्वीकार नहुने उनले बताए। प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धी विवादित भनाई सच्याउनु पर्नेमा अहिलेसम्म नसच्याएको र सदनमा आएर पनि नबोलेको भन्दै असन्तुष्टि जनाए।

‘उहाँले नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाई सच्याउनुपर्छ।’ उनले भनेका छन्। ‘परराष्ट्रमन्त्री वा सभापतिले सच्याइदिएको कुरा हामीलाई मान्य छैन। प्रधानमन्त्री आफैंले आफ्नो बचन सच्याउनुपर्छ।’ उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*