अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि राजद्रोहको मुद्दा चलाउन माग, बजेट काण्ड संसदीय छानविन हुनुपर्छ

२५ जेष्ठ २०८३, सोमबार १३:५४

काठमाडौं । आज बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गम्भिर फौजदारी अभियोगमा छानविन गर्न सांसदहरुले माग गरेका छन् । बजेटमा करको दर हेरफेर सम्बन्धी सूचना चुहाएर राज्यलाई आउने अर्बौ रुपैयाँको राजश्व घाटा लगाएको भन्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्रीमाथि राजद्रोह लगाउन माग गरेका हुन् ।

सांसद शाहीले सरकारले संसदप्रति उत्तरदायी हुने कि नहुने भन्दै सरकारको कडा प्रतिवाद गरेका छन् । बजेटको दर हेरफेर गरेर बिचौलिया र व्यापारीलाई फाइदा पुर्याउने कार्य गरेको भन्दै अर्थमन्त्रीलाई संसददमा उभिएर जवाफ दिन माग गरे ।

साथै सांसद शाहीले बजेटमा करको दर हेरफेर सम्बन्धी सूचना अर्थमन्त्री र अर्थमन्त्रीले तोकेको अधिकारी वा व्यक्तिबाहेक अन्यलाई थाहै नहुने भन्दै यसको सिंगो जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने बताए । उनले अहिले भन्सार कर्मचारीहरुलाई सरुवा गरेर, कर्मचारीहरुलाई डामेर अर्थमन्त्री पन्छिन खोजेको भन्दै कडा आलोचना गर्दै पटक पटक अर्थमन्त्रीमाथि राजद्रोहको मुद्दा लाग्ने चेतावनी दिए ।

सांसद शाहीले प्रश्न गरे, ‘आफै छानविन गर्ने अनि आफै निर्दोष हो भन्ने ? संसदीय छानविन गरौं न । अर्थमन्त्रीमाथि निनान्त छानविन हुनुपर्छ । त्यो राजद्रोह हो ।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*