कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)

२५ जेष्ठ २०८३, सोमबार १७:३८

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहमा ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।

संघीय सरकारले सार्वजनिक गरेको विवरणअनुसार कुल विनियोजनमध्ये स्थानीय तहका लागि ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ छुट्याइएको छ भने सातवटै प्रदेश सरकारका लागि १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

स्थानीय तहअन्तर्गत गाउँपालिकाहरूले सबैभन्दा बढी १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी नगरपालिकाका लागि १ खर्ब ३८ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ। महानगरपालिकाका लागि ११ अर्ब ७३ करोड रुपैयाँ तथा उपमहानगरपालिकाका लागि ११ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ।

सरकारले वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानलगायत विभिन्न शीर्षकमार्फत प्रदेश र स्थानीय तहमा बजेट हस्तान्तरण गर्ने व्यवस्था गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*