निफ्राको अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त, अनुज अग्रवालको राजीनामा स्वीकृत
२७ जेष्ठ २०८३, बुधबार ११:२५

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अध्यक्षमा सुरेन्द्र राज रेग्मी नियुक्त भएका छन्।
बैंकको जेठ २७ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। रेग्मी बैंकमा ग्लोबल आइएमई बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै आएका सञ्चालक हुन्।
उक्त बैठकले संस्थापक शेयरधनी विशाल ग्रुपको प्रतिनिधित्व गर्दै सञ्चालक तथा अध्यक्षका रूपमा कार्यरत अनुज अग्रवालले दिएको राजीनामा पनि स्वीकृत गरेको छ।
त्यसैगरी, अनुज अग्रवालको राजीनामापछि विशाल ग्रुप लिमिटेडको तर्फबाट दीपक कुमार अग्रवाललाई बैंकको सञ्चालक सदस्यमा नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ। उनको नियुक्ति जेठ २७ गतेदेखि लागू हुने गरी गरिएको हो।












