यी तिन तरिकाबाट हेर्नुहोस् कालंगा हाइड्रोको आईपीओ नतिजा
२७ जेष्ठ २०८३, बुधबार ११:४०

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा शेयर बाँडफाँड गरिएको हो ।
आईपीओमा २ लाख ८७ हजार आवेदकले १०।१० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए ।
कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.sanima.capital/ipo
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login












