कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, २ लाख ८७ हजारले पाए शेयर

२७ जेष्ठ २०८३, बुधबार ११:४५

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए। मागभन्दा बढी मात्रामा आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। बाँडफाँडमा २ लाख ८७ हजार आवेदकले १०–१० कित्ताका दरले शेयर पाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*