तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए आज मालामाल
२७ जेष्ठ २०८३, बुधबार १५:२०

काठमाडौँ । शेयर बजारमा झिनो सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले बढेर २७२६.१७ बिन्दुमा कायम भएको हो ।
आज ३५६ कम्पनीको ९२ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको हो ।
तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोपान फार्मास्युटिकल्स, कालिन्चोक हाइड्रोपावर र एपोलो हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको हो ।
साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको १०.८७ प्रतिशत, बुंगल हाइड्रोको ६.८० प्रतिशतले शेयर मूल्य बढेको छ ।













