विश्वकप सिजनका सामसङको अफर: २५% क्यासब्याक, सस्तो साउन्डबार र एक वर्षसम्म निःशुल्क नेटटिभी प्याकेज

२७ जेष्ठ २०८३, बुधबार १५:३७

काठमाडौँ । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ। २०२६ जुलाई १९ सम्म मान्य हुने अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५  प्रतिशतसम्म क्यासब्याक पाइनेछ।

उत्कृष्ट इमर्सिभ अनुभवका लागि ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकहरूले केवल नाै हजार ९९९ रुपैयाँमा ४९ हजार ९९० रुपैयाँको साउन्डबार पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ।

विश्वकप सिजनमा थप मनोरञ्जनका लागि सामसङले निःशुल्क वर्ल्डकप लाइभ सब्स्क्रिप्सनसँगै १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेजसमेत दिइरहेको छ। QLED/UHD मोडेलमा १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज उपलब्ध हुन्छ भने FHD/HD मोडेलमा ६ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज उपलब्ध हुन्छ।

साथै, हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको इएमआई योजनामा टिभी खरिद गर्न सक्छन्। नयाँ सामसङ टिभीमा अपग्रेड गर्न चाहने ग्राहकहरूले ‘अर्कोस्टोर’ वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*