सांसद खुस्बु ओलीलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीलाई ज्यान मार्ने र बलात्कार गर्ने धम्की आएको खुलेको छ । ओलीले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै संसद्मा विषय उठाएकै कारण समाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की आएको बताएकी हुन् ।
९० प्रतिशत सनातनीहरू बसोबास गर्ने गरेकोले यसआधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसद्मा राखेको बताइन् । उनले भनिन्, ‘ नेपालको संविधानको धाराले समेत सुनिश्ति गरेको नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित रुपमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतिक अक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइरहेको छ’
उनले गणतन्त्रले ल्याएको धर्म निरपेक्षता फल यहि हो भन्दै प्रश्न गरीन् । ‘यो धक्की म सहन सक्छु तर यो धक्की ब्यक्तिगत रुपमा होइन सिंगो सनातनी धर्ममाथि हो’ उनले भनिन् ।
नेपालको गरिबीका कारण लोभ देखाएर धर्म परिवर्तन समेत गराउने गरिएको उनको भनाई छ । धर्म परिवर्तन गराउन निषेध गराएको भन्दै प्रलोभन देखाएर परिवर्तन गराउनेलाई कारबाही हुनुपर्ने उनको माग छ ।












