मकवानपुरमा पिकअप दुर्घटना, चालकसहित २ जनाको मृत्यु
२८ जेष्ठ २०८३, बिहीबार १०:५०

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्रि सडक खण्डमा पिकअप दुर्घटना हुँदा चालक सहित २ जनाको ज्यान गएको छ।
बा.प्र ०१ ०३३ च २१४४ नम्बरको पिकअप (फास्ट ट्र्याकको गाडी) अनियन्त्रित भई करीब १०० फिट तल खोलामा खस्दा चालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा चालक सिन्धुली कमलामाई नगरपालिका–९ भिमान बस्ने अन्दाजी ४२ वर्षीय बोधराज बुढाथोकी र फास्ट ट्र्याकमा कार्यरत इन्जिनियर बारा पचतौरा नगरपालिका–७ का २१ वर्षीय सूर्य यादवको ज्यान गएको हो।












