बेइमानी गरेको प्रमाण दिनुस् सार्वजनिक जीवन नै त्यागिदिन्छुः अर्थमन्त्री वाग्ले

२८ जेष्ठ २०८३, बिहीबार ११:१०

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनले समितिमा भावुक भएर गुनासो गरे ।

‘दुई अर्व होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु’ अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद वा राजनीति गर्नेहरुमा छ ?’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*