बीमा कसुरमा एकैपटक ४२ जनाको ३ अर्ब ७३ करोडको मुद्दा

२९ जेष्ठ २०८३, शुक्रबार १३:०९

काठमाडौं । बीमा कसुरमा ४२ वटाको ३ अर्ब ७३ करोडको मुद्दा परेको पाइएको छ। हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकलगायतदेखि बीमा र लघुबीमा कम्पनीका ४२ जनाविरुद्ध विशेष अदालत र बीमा कसुरमा ३ अर्ब ७३ करोडको उच्च अदालत पाटनमा मुद्दा लगिएको छ  ।

बीमा ऐन र धितोपत्र ऐनअन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ । आशिष श्रेष्ठ, सिद्धान्त झुनझुनवाला, लतिका गोल्याण, सुमेरशमशेर जबरा, शालिनी संघाई, सन्दीप चाचन अग्रवाल, शुभी अग्रवाललगायत विरुद्ध पनि मुद्दा दायर गरिएको छ । धितोपत्रसम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योतिप्रकाश पाण्डेलगायतलाई प्रतिवादी बनाइएको छ ।

सम्बद्ध स्रोतका अनुसार व्यावसायिक उद्देश्यसहित गत साउनताका (चालु आर्थिक वर्षको सुरुवात) गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्छा, रमेश कर्पका उपाध्यक्ष गुप्ता, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक शाह, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट र लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर मिलेर सामूहिक सेयर कारोबार गर्ने सल्लाह भएको थियो । सहमतिअनुसार सबैले पैसा उठाएका थिए, बैंकिङ प्रणालीमार्फत एउटै खातामा पैसा संकलन पनि गरको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*